१९ आश्विन २०७९, बुधबार

निहारिका राजपुतलाई मधेश सरकारले पाँच लाख दिने

6ed7a89b67c6f4e1145fe59f606671561661510825

मधेश सरकारले कुमारी आमाबाट परिचत निहारिका राजपुतलाई पाँँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

आफू बलात्कृत भएको र बलात्कारबाट छोरा जन्मिएको भन्दै लामो समयदेखि कानुनी लडाइँमा रहेकी महोत्तरीको जलेश्वरकी निहारिकालाई मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले कानुनी लडाइँका लागि पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । जिल्ला अदालतबाट श्रेष्ठ सफाइ पाएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् ।