१४ बैशाख २०८१, शुक्रबार

दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री

khasi boka
फाइल फोटो

सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ ।

उहाँका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङग्रा काठमाडौंमा आउनेछन् । कम्पनीले विक्रिवितरण भने घटस्थापनादेखि मात्र सुरु गर्नेछ ।

गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।

    सम्बन्धित समाचार...