१६ आश्विन २०७९, आईतवार

‘रेम्बो’बाट विश्वमाझ चिनिएका अभिनेता सिलवेस्टर स्टेलोनकी श्रीमती सिलवेस्टर बाट अलग्गिने घोषणा

sylvester stallone

फिल्म ‘रेम्बो’बाट विश्वमाझ चिनिएका हलिउड अभिनेता सिलवेस्टर स्टेलोनकी श्रीमतीले सिलवेस्टरबाट अलग्गिने घोषणा गरेकी छन् ।

श्रीमती जेनिफर फ्लेविनले फ्लोरिडाको पाम बीच काउन्टीको एक अदालतमा ७६ वर्षे अभिनेताबाट अलग्गिनका लागि निवदेन दिएकी छन् ।

स्टेलोन र फ्लेविनले सन् १९९७ मा विवाह गरेका थिए । यद्यपि उनीहरुको सम्बन्ध सन् १९८८ मा क्यालिफोर्नियाको बेवर्ली हिल्सको एक रेष्टुरेन्टबाट जोडिएको थियो । विवाहको २५ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन् ।

गत मेमा दुवैले विवाहको २५औं वर्ष मनाएका थिए । यही मौकामा अभिनेताले श्रीमतीका लागि सामाजिक सञ्जालमा एक पोस्ट लेखेका थिए ।

‘विवाहको २५औं वार्षिकोत्सवको शुभकामना । मसँग बयान गर्नका लागि कुनै पनि शब्द छैन । अविश्वसनीय रुपले निस्वार्थ समर्पित, धैर्यवान यी महिलाले हाम्रो जीवनमा केमात्र महत्व राखिनन् । म यही कामना गर्छु २५ वर्ष बढी यसरी नै बाँच्न पाइयो । धन्यवाद स्वीटहार्ट’, उनले लेखेका थिए ।

सिलवेस्टरका अलावा पत्नी फ्लेविनले पनि २५औं वर्षको शुभकामना सामाजिक सञ्जालबाट दिएकी थिइन् । यद्यपि उनले त्यो पोस्ट केही समयमा नै हटाइन् ।

सिलेवेस्टर एक्सन फिल्मका कारण विश्वमाझ चिनिए । उनले कैयौं हलिउड फिल्ममा अभिनय गरिसकेका छन् । ‘एक्सपेण्डेबल्स’मा उनको भूमिकालाई निकै मनपराइएको थियो ।

    सम्बन्धित समाचार...