१५ चैत्र २०८०, बिहीबार

जघन्य अपराध सवारी दुर्घटनाको आवरणमा, बीमा रकम असुल्न ज्यानै लिने प्रवृत्ति

20220729 221736

केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् एक आरोपी संजीव अर्याल । उनको आपराधिक योजना भने फिल्मी शैलीको जस्तो छ।

२०७८ साल वैशाख २ गते राति ११ बजे भे १ ख २४९१ नम्बरको मिनिबसको ठक्करबाट नेपालगंजका सर्जन विकको निधन भयो। तर दुइ साता अघि केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले गरेको अनुसन्धानले विकको निधन दुर्घटना नभएर हत्या खुलासा गर्यो ।

सर्जनको नक्कली विवाह भएको थियो । त्यसपछि उनलाई साढे २ करोडको बिमा गराइयो । अनि त्यही रकम हात पार्न बसको ठक्करबाट दुर्घटनामा निधन भएको उनको हत्या भयो । सबै योजना माष्टरमाइण्ड अर्यालको थियो ।

प्रहरीको अनुसन्धानबाट जब यो घटनाको रहस्य खुल्यो । दुर्घटना गराएर मान्छे मार्ने र विमा रकम लिन शंखलावद्ध घटना गराउन संजीव संलग्न भएको पुष्टि भएको

छ । उनले सर्जनको हत्या अघि उनकै दिदिलाई मार्ने योजना बनाएका थिए । नक्कली विवाह, विमा र दुर्घटना देखाएर मार्न स्कुटर समेत अर्यालले नै किनिदिएका थिए । ती महिलालाई दुइ पटक बसले ठक्कर दिएर मार्ने प्रयास भने असफल भयो ।

उनी आफैंले पनि एक महिलासंग विवाह गरेर उही शैलीमा विमा गराएर मार्ने योजना बनाउँदै गर्दा सीआइबीले पक्राउ गरेको हो ।

‘अनौठो रहस्य भित्रको अपत्यारिलो अपराध’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम सुवेदीले बीमा रकमका लागि नक्कली विवाह गरेर हत्या भएको घटनालाई अनौठो रहस्यभित्रको अपत्यारिलो अपराध भनेका छन्।

एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परी निधन भएका सर्जन बिकको हत्या भएको रहस्य खुलेपछि उनले यस्तो भनेका हुन्। केही समयअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पत्रकार सम्मेलन गरेर दुई करोड रुपियाँभन्दा बढी रकमको बीमा भुक्तानी लिन बिकको हत्या भएको रहस्य सार्वजनिक गरेको हो।

बाँकेको कोहलपुर बस्ने २१ वर्षीय बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहम्द खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा छन्।

सीआईबीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो। प्रहरीले छ जनालाई साङ्गठिक अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।

अपत्यारिलो संगठित अपराधमा संलग्नलाई प्रहरीले सार्वजनिक गर्दै सीआईबी प्रमुख सुवेदीले जानकारी दिए। रोडा-बालुवा डिपोमा मजदुरी गर्ने विकको योजनावद्ध ढंगले एक करोड २० हजार मूल्य बराबरको सर्वाधिक जीवन बीमा र ३० हजारको म्यादी जीवन बीमा गराएर योजनावद्ध अपराध गरेको प्रहरीले सार्वजनिक गरेको हो।

स्थानीय बीमा एजेण्ट सरदार अहमद खाँले २०७७ साल फागुन २८ गते एक्सीडेण्टल डेथ बेनिफिट शीर्षक अन्तरगत पाँच वर्षका लागि बीमा गराई दिन्छन् र इच्छाएको व्यक्तिमा श्रीमती भनिएकी सपना मल्लको नाम राखिन्छ।

ब्यूरो प्रहरीका अनुसार, बीमा गरिएको करिब एक महिनापछि विकको सवारी दुर्घटनामा हत्या हुन्छ। मृतक विकको बीमा बापत प्राप्त भएको रकम श्रीमती भनिएकी सपना, घटनाका योजनाकार संजीव अर्याल, बीमा एजेण्ट खाँ, हत्यामा संलग्न मिनी बस चालक टोपबहादुर, अर्का सहयोगी दिपक केसी र संजीबकी साथी ललिता सापकोटा बाँडेर लिन्छन्।

अभियुक्त छजनालाई ब्यूरो प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। मुख्य योजनाकार ३१ वर्षीय संजीव अर्यालले नै बीमा एजेण्ट खाँमार्फत् सामान्य आयस्रोत भएका बिकको वार्षिक आम्दानी उच्च देखाइ पाँच लाख ४० हजारको बीमा गरिदिएका थिए। यसमा संजीवले नै लगानी गरेका हुन्।

अष्ट्रेलिया जाने तयारी गरिरहेकी कोहलपुरकी सपना मल्लसँग बिकको भेट गराई २०७७ साल चैत ९ गते कागजी विवाह समेत अभियुक्त अर्यालले नै गराई दिएका हुन्। फागुन २८ गते केटाको उमेर नपुगेपछि चैत ९ गते सारिएको थियो।

सोही कागजका आधारमा बीमा गर्दा इच्छाएको व्यक्तिमा सपनाको नाम राखिएको प्रहरीले जनाएको छ। अभियुक्त सपनाले कागजी बिहेपछि विकसँग भेटसमेत नभएको तर, निधनपछि बीमा रकम बुझ्न बोलाएको स्वीकारेकी छन्।

बिकको हत्या गर्न खाँ ले नै आफ्नो मोटरसाइकल चढ्न दिएका थिए। टोपबहादुर विपरित दिशाबाट मिनी बस लिएर लिएर दुर्घटना गराउन पुगेका थिए। पूर्वयोजना अनुसार टोपबहादुर बिकलाई ठक्कर दिइ घाइते बनाइ फरार भएको अनुसन्धानबाट खुलेको हो।

योजनावद्ध ढंगले हत्या गरेको चार महिना २०७८ साउन १४ गते दुई करोड ५० लाख रुपियाँ बीमा रकम झिकी संजीवले ८० लाख ३६ हजार, दिपेशले ६० लाख, सपनाकी आमा छविकुमारी खत्री १७ लाख ४६ हजार, सपनाले ८६ लाख ८९ हजार रुपियाँ बाँडेर लिएको पाइएको छ। ब्यूरो प्रहरीले मृतक विकको दाजु, सपनाकी आमा र इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीमाथि पनि अनुसन्धान गर्ने जनाएको छ।