१५ चैत्र २०८०, बिहीबार

खराब समीक्षा ‘लाइगर’लाई रेटिङ २ दिए, पाइरेसीको सिकार बन्यो फिल्म

Liger 1

‘लाइगर’ आजबाट विश्व बजारमा रिलिज भएको यो फिल्म बक्सर बन्न एक यूवाले गरेको संघर्ष र सपनाको कथा हो ।

विजय देवरकोन्डाले फिल्म ‘लाइगर’ बाट बलिउडमा डेब्यू गरेका छन् भने अनन्या पाण्डेले साउथ इन्डस्ट्रीमा पाइला टेकेकी छन् । फिल्मको कथा एक स्ट्रीट फाइटरको हो, जसको भूमिका विजय देवरकोंडाले निभाएका छन् । त्यस्तै अनन्या पाण्डेले विजयकी प्रेमिकाको भूमिका निभाएकी छिन् ।

यसका अलावा माइक टायसनले पनि फिल्ममा क्यामियो गरेका छन् । तर, समीक्षकले भने यो फिल्मको कथावस्तु, प्रस्तुति र पटकथा कमजोर रहेको प्रतिक्रिया दिएका छन् ।

साउथ स्टार विजय देवरकोन्डा र नायिका अनन्या पाण्डेको मुख्य भूमिका रहेको फिल्मको समीक्षा लेख्दै इन्डिया टूडेले यसलाई २ रेटिङ दिएको हो ।

इन्डिया टूडेका लागि जननीले लेखेकी छिन् :

बालामनी(राम्या कृष्नान) र उनका छोरा लाइगर(विजय देवरकोन्डा) करिमनगरबाट मुम्बई विश्व बजारमा एमएमए बन्नका लागि पुग्छन् । सोही समयमा मुम्बईमा उनको भेट कोच रोनित रोएसँग हुन्छ । लाइगरको सपना एमएमए फाइटर बन्ने हुन्छ ।

बालामनीले भने लाइगरलाई कसैको पनि प्रेममा नपर्न सुझाव दिन्छन् । तर, सोही समयमा उनको भेट सामाजिक संजाल सेलिब्रिटी तान्या(अनन्या पाण्ड)सँग हुन्छ । दुबैजना एक अर्कासँग प्रभावित हुन्छन् र उनीहरुको प्रेम हुन्छ । लाइगरले आफ्नी आमा बालामनीको कुरा सुन्दैन ।

निर्देशक पुरी जगन्नाथले थुप्रै हिट फिल्म दिएका छन् । तर, यसपटक उनी फर्म भन्दा बाहिर देखिएका छन् । लाइगर बनाउनका लागि ३ बर्ष खर्च गरेका उनले कथामा भने खासै मिहिनेत गरेको देखिदैन । यो फिल्म हेर्दै गर्दा आम दर्शकले अब के हुन्छ भन्ने सहजै पत्ता लगाउन सक्छन् । लाइगर र बालामनीले किन एमएमएको दुनियाँमा राज गर्न चाहेका हुन् भन्ने पृष्ठभूमी समेत देखाउन निर्देशकले मिहिनेत गरेका छैनन् ।

लाइगर र तान्याविचको रोमान्सले फिल्मको पटकथालाई बारम्बार अल्झाएको छ । फिल्मको अन्तिम १० मिनेटमा केही नयाँ होला भन्ने लागेतापनि निर्देशकले जिरो मिहिनेत गर्दा त्यो पनि खेरा गएको छ । फिल्मको कथालाई अमेरिकासम्म पुर्याइएको छ । अमेरिकामा बक्सर माइक ट्याक्सनलाई देखाउनुको अर्थ फिल्ममा कुनै तर्कपूर्ण लाग्दैन ।

केही दृश्यहरुले फिल्ममा हेर्दा रोचक लागेपनि दर्शकलाई कुनै सरप्राइज भने लाग्दैन । नायक विजयको शारीरिक परिवर्तन गज्जबको छ । तर, कहिकतै उनी पनि फर्म भन्दा बाहिर देखिएका छन् । उनी अझै पनि ‘अर्जुन रेड्डी’को फर्मबाट बाहिर निस्कन नसकेको फिल्म हेर्दा आभाष हुन्छ । राम्या कृष्ण केही चर्को सुनिन्छिन् तर उनको रमाइला संवादले दशर्कलाई कही कतै होल्ड गर्छ । माइक टाइसनले यो फिल्म खेल्न किन राजी भए भन्ने प्रश्न दर्शकको मनमा उब्जिन सक्छ । किनकी, उनको उपस्थिती फिल्ममा कुनै तर्कसंगत देखिदैन ।

३ बर्ष लगाएर लेखिएको कथामा निर्देशक जगन्नाथ, निर्माता करण जोहरले किन यति हलुका काम गरे भन्ने सोच फिल्म हेरेर बाहिर निस्कदा दर्शकको मन उब्जन सक्छ ।

‘लाइगर’ अनलाइन लिक, निर्मातालाई ठूलो झट्का

फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ गर्ने विश्वास गरिएको थियो, तर त्यस्तो हुन सकेको देखिँदैन । फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएपछि अहिले पाइरेसीको सिकार पनि बनेको छ । पहिलो दिनमै फिल्मको सम्पूर्ण भिडियो अनलाइन लिक भएको छ ।

रिपोर्टहरू विश्वास गर्ने हो भने, फिल्म पहिलो शोको केही घण्टा पछि अनलाइन लीक भएको थियो। फिल्म तमिल रकर्स, मूभी रूल्स र अन्य पाइरेसी साइटहरूबाट अन्धाधुन्ध रूपमा डाउनलोड भइरहेको छ।

फिल्म लीक भएपछि फिल्मका निर्मातालाई ठूलो झट्का लाग्न सक्छ । किनभने फिल्म लीक भएपछि यसको बक्स अफिसमा अंक प्रभावित हुने सम्भावना छ । यसअघि ‘लाल सिंह चड्ढा’, ‘शमशेरा’ र ‘रक्षा बन्धन’ पनि पाइरेसीको सिकार भइसकेका छन् र उनीहरुको बक्स अफिस प्रदर्शन निराशाजनक रहेको छ ।

    सम्बन्धित समाचार...