१२ बैशाख २०८१, बुधबार

विदेशी विद्यार्थीले नेपालका पुराना घरहरुबारे गरे अध्ययन

301094407 1660463971022089 3541552922073026281 n

विदेशी विद्यार्थीले नेपालका पुराना घरहरुबारे गरेको केस स्टडी बिहीबार भक्तपुरमा एक कार्यक्रमवीच प्रस्तुत गरेका छन् । 

भुटान र लिथोनिया दुई देशका विद्यार्थीले प्रिजर्भिग एडीओवो आर्किटेक्चर अफ नेपाल विषयमा रहेर भक्तपुर र पनौतीमा गरेको दुईहप्ते केस स्टडीको फाइनिंग नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा प्रस्तुत गरे ।

त्यस क्रममा उनीहरुले जनचेतना, नगरपालिकाको नीति र निर्माण सामाग्रीको उपलव्धतामा ध्यान दिन सकिए मात्रै नेपालका पुराना मौलिक घर पुरानै रुपमा विकास गर्न सकिने औंल्याए । 

केस स्टडीको रिपोर्ट तीन वटा विद्यार्थीको समूहले प्रस्तुत गरेका थिए । प्रत्येक समूहमा पाँचपाँच जना गरी कुल १५ जना विद्यार्थी त्यसमा सहभागी भएका थिए ।

यो स्टडी विद्यार्थीहरु नै भक्तपुर र पनौतीमा १४ देखि २६ अगष्टसम्म दुई हप्ताभित्र गरेको कार्यक्रममा जनाइयो । 
 

विद्यार्थीको केस स्टडीका लागि भक्तपुरको लागि निर्देशक नेपाल इन्जिनियरिंग कलेजका एसोसिएट प्रोफेसर रामप्रसाद सुवालका अनुसार विद्यार्थीले भक्तपुर र काभ्रेपलान्चोकको पुराना वस्तीका घरहरुको अवलोकन भ्रमण गरेका थिए ।

विद्यार्थीले त्यहाँं अध्ययन भ्रमण तथा सरोकारवालाहरुसँंग अन्तर्वार्ता गरी केस स्टडी तयार पारेका हुन् । भुटानका दस जना र लिथोनियाका पाँंज जना गरी कुल १५ जना विद्यार्थी फिल्डमा पुगेर केस स्टडी तयार पारेको एसोसिएट प्रोफेसर सुवालले जनाए । 

नेपाल इन्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले साउथ एसियाका विश्वविद्यालयहरुमा समस्याको आधारमा सिकाई कार्यक्रम अन्तर्गत यो केस स्टडी भएको जानकारी गराए । विश्वविद्यालयका विद्यार्थीको स्तर तीन घण्टाको परीक्षाले मात्रै गर्न नसक्ने भन्दै उनले समस्याको आधारमा सिकाईको महत्वबारे चर्चा गरे ।

कार्यक्रममा सहभागी विद्यार्थी, सहयोगी एसोसिएट प्रोफेसरहरु, परम्परागत वस्तीको जर्गेनामा सक्रिय अभियन्ता रवीन्द्र पुरीलगायतका सरोकारवालाहरुलाई मायाको चिनाो वितरण गरिएको थियो ।

नेपाल इन्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठ, भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराईलगायतले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र तथा मायाको चिनो वितरण गरेका थिए । 

301164135 451265320068876 7339428147196271682 n

    सम्बन्धित समाचार...