१३ बैशाख २०८१, बिहीबार

पुलको लोड जाँचका लागि अवरुद्ध कर्णाली राजमार्ग ४० घण्टापछि खुल्यो

Karnali rajmagra phull 1 1024x461 1

दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला स्थित पक्की पुलको लोड परिक्षण सकिएपछि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । लोड परीक्षणको काम सुरु गरेको करिब ४० घण्टा पछि बिहीबार दिउँसो २ बजेपछि राजमार्ग खुलेको हो ।

प्राविधिक दृष्टि पुलको लोड परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएकोले सडक डिभिजन जुम्लाको प्राविधिक टोलीले ४० घण्टा लगाए पुलको लोड परीक्षण सफल गरेको छ ।

अवरुद्ध खुलेसँगै डेढ दिन देखि रोकिएका यात्रुवाहक तथा मालबहाक सवारी आफ्नो गन्तव्य तर्फ गएका छन् । पुल निर्माण सँगै लोड परिक्षण गर्नुपर्ने भन्दै डेढ दिन सडक अवरुद्ध हुँदा सास्ती पाएको यात्रुहरूको गुनासो पोखेका छन् । जुम्लाबाट स्याउ लिएर गएका ट्रक साना ठुला यात्रु वाहक दर्जनौँ सवारी रोकिएका थिए ।

यद्यपि प्राविधिक दृष्टिले पुल निर्माण भएको केही वर्षपछि मात्र लोड परिक्षण गर्नुपर्ने हुन्छ । सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले भन्नुभयो,“पुल निर्माण भएको वर्षौँपछि लोड परिक्षण किन ? भन्ने गुनासो धेरैको सुनियो । वास्तवमा प्राविधिक दृष्टिले पुलको दिगोपना,गुणस्तर र सम्भावित जोखिम पत्ता लगाउन पछि नै लोड परिक्षण गर्नुपर्ने हुनाले पुल निर्माण भएको केही वर्षपछि लोड परिक्षण गरेका हौ । नागरिकले प्राविधिक कुरा नबुझी अवरुद्ध छिटो खुलाउन माग राख्नु स्वाभाविक हो ।”

पुल निर्माण हुँदा विभिन्न परीक्षणहरू हुन्छन् । जसमा लोड परिक्षण भने पुल सञ्चालन भएको केही समयपछि मात्र हुन्छ । २४ घण्टा लोड परिक्षण गर्नै पर्ने भएपनि ३६ घण्टा अवरुद्धलाई छोटयाउने प्रयास गरेपनि विप्लवको बन्द तथा नागरिकहरूले धैर्य नगर्दा ४० घण्टा सडक अवरुद्ध भएको प्रमुख श्रेष्ठको भनाई छ ।

लोड परिक्षण पछि पुलले यति लोड धान्छ भन्ने हुँदैन । तर प्राविधिक दृष्टिले घट्टेखोला पुल जोखिम रहित रहेको सडक डिभिजन जुम्लाका सूचना अधिकारी राजु प्रसाद पौडेलले बताउनुभयो । चार वटा गाडीलाई फूल लोड गरी संवेदनशील ठाउँमा २४ घण्टा राखेर लोड परिक्षण गरिएको उहाँको भनाई छ । उहाँका अनुसार विप्लवको बन्द र यात्रुहरूको सहयोगले ३६ घण्टामा परिक्षण सक्ने भनिएकोमा ४ घण्टा थप भएको हो । उक्त पुल सबै दृष्टिले जोखिम रहित रहेको छ ।

साथै बिहीबार बिहान ६ बजे देखिनै कर्णाली करिडोरको कालिकोट नरहरिनाथ गाउँपालिका–८ स्थित कर्णाली नदीमा बनेको पक्की पुलको लोड क्षमता जाँच भइरहेको छ । लोड परीक्षणका लागि कर्णाली करिडोर पनि ३६ घण्टा अवरुद्ध गरिएको छ ।

कर्णाली राजमार्गलाई भरपर्दो र सुरक्षित बनाउनका लागि स्तरबृद्धीको कामलाई नियमित रुपमा अघि बढाइएको समेत सडक डिभिजन जुम्लाले जनाएको छ ।

1661249399217 1