१५ बैशाख २०८१, शनिबार

मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको निधन

Drowning

मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको निधन भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकी टोलस्थित राप्ती खोलामा डुबेर सोही उपमहानगरपालिका–५ लट्रीनाथ बस्ने १५ वर्षीय समर लामाको बुधबार निधन भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ अर्जि मझुवापुर बस्ने जितेन्द्र सिपलियाको ७ वर्षीय छोरा देविल सिपलियाको घर नजिकैको पोखरीमा डुबेर बुधबार निधन भएको छ ।

घटनाहरुको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित समाचार...