१२ बैशाख २०८१, बुधबार

नेपाल बन्द आव्हान गरेको दिन मापसे गरी सवारी साधन चलाउने १७४ जनामाथि कारवाही

mapase IJt0AF0Lwe

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७३४ जना सवारी चालकमाथि कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा मंगलबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्दको आव्हान गरेको थियो । सोही दिन उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएकोमा १७४ जनामाथि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा लने अनुशासन पालना नगर्ने ५६, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने २५ जना सवारी चालक रहेका छन् । यस्तै, २ हजार ३३३ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।