१२ बैशाख २०८१, बुधबार

ह्याइटहाउसबाट ट्रम्पले लुकाएर लगेका ३ सयभन्दा भन्दा बढी गोप्य कागजातहरू सरकारलाई प्राप्त

Donald Trump

सरकारले अहिलेसम्म ट्रम्पले आफ्नो रिसोर्टमा राखेका ३ सयभन्दा भन्दा बढी गोप्य सरकारी कागजातहरू प्राप्त गरेको छ । कागजातहरूको पहिलो चरणमा जनवरीमा फिर्ता पाएको थियो भने अर्को सेट ट्रम्पका सहयोगीहरूले जुनमा जस्टिस डिपार्टमेन्टलाई उपलब्ध गराएका थिए । बाँकी कागजात एफबीआईएसले यसै महिना छापा मारेर निकालेको हो ।

जनवरीमा राष्ट्रिय अभिलेखहरूले पुनःप्राप्त गरेका कागजातहरूमा १५० भन्दा बढी कागजात गोप्य कागजातहरु थिए । जसका कारण एफबीआई एजेन्टहरूले यसै महिना ट्रम्पको मार ए लागो रिसोर्टमा थप कागजातका लागि छापा मार्ने अवस्था आएको थियो ।

ट्रम्पले ह्वाइटहाउस छाड्दा सरकारलाई बुझाउनुपर्ने गोप्य र अत्यधिक संवेदनशील कागजातहरू आफूसँगै रिसोर्टमा लगेर महिनौं राखेका थिए । सबै सामग्री फिर्ता गर्न अनुरोध गरे पनि उनले गरेका थिएनन् ।

ट्रम्पले ह्वाइट हाउसबाट लिएका संवेदनशील कागजातको प्रकृति कस्तो थियो भन्नेबारे प्रष्ट छैन । तर ट्रम्पले कार्यालय छोडेको झण्डै एक वर्षपछि जनवरीमा फिर्ता पठाइएका १५ बाकस कागजातमा सीआईए, राष्ट्रिय सुरक्षा निकाय र एफबीआईका कागजातहरू समावेश थिए।

बाकसमा भएका केही सामग्री अत्यधिक संवेदनशील भएकाले अभिलेख अधिकारीहरूले यो विषयलाई डिपार्टमेन्ट अफ जस्टिसमा पठाएका थिए । जसले केही महिनामा नै ठूलो जूरी अनुसन्धान बोलाएको थियो।

ट्रम्पका सहयोगीहरूले जूनको सुरुमा डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरूले मार ए लागोको भ्रमण गर्दा केही दर्जन थप संवेदनशील कागजातहरू बुझाएका थिए ।

एफबीआईएका अधिकारीहरूले यसै महिना छापा मार्दा २६ वटा बाकसहरू भेटाएका थिए । जसमा गोप्य चिन्ह लगाइएको सामग्रीहरु ११ सेट थिए । जसमा एक सेट कागजात अती गोप्य र संवेदनशील थिए ।