१२ बैशाख २०८१, बुधबार

गिरिको निधनप्रति राष्ट्रिय सभाले पारित गर्‍यो शोक प्रस्ताव

rastriyasava ganesh

राष्ट्रिय सभाले प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । 

२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरि २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । 

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो । 

राष्ट्रिय सभाको अर्काे बैठक १२ भदौ आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । 

    सम्बन्धित समाचार...