७ बैशाख २०८१, शुक्रबार

घरमूलि सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौँ मूल्य बराबरको गरहना र नगद चोरी

chori

राजविराज नगरपालिका-२ बसपार्क अगाडिबाट आइतबार राति घरमूलि सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर चोरले  लाखौँ मूल्य बराबरको गरहना र नगद चोरेर लगेको छ।

स्थानीय श्याम देव सुतेको कोठामा बाहिरबाट चुकुल लगाएर लाखौँ बराबरको गरहना र नगद चोरी गरेर लगेको पीडित श्याम देवले बताए । चोरी भएको घर र प्रहरी बिट १५ मिटरको दुरीमा छ । चोरहरू घरकाे मुख्य गेटबाट हाम फालेर भित्र पसेका थिए ।

चोरहरूले दराजको दुई वटा लकरको ताल्चा फुटाएर १० तोला सुनको गहना, एक किलो चाँदीको गहना र नगद २५ हजार लगेको पीडित श्याम देवले जानकारी दिए । देव घरमा एक्लै थिए । बिहान उठेर ढोका खोल्दा बाहिरबाट चुकुल लागेको थाहा पाएपछि नजिकै रहेको भाइ प्रमोद देवलाई फोन गरेर बोलाएपछि चाेरी भएकाे खुलेकाे हाे । 

केही दिनअघि कान्छो छोराको विवाह गरेकोले नयाँ बुहारीको गहना, जेठी बुहारी र श्रीमतीको समेत गहना चोरले लगेको छ। पछिल्लो केही दिनयता राजविराजमा मानिस नभएको, एक्लै भएको मौका छोपेर चोरी गर्ने घटना बढिरहेकाे छ । 

राजविज-२ स्थित अमरदीप देव र पाण्डव सिंहको घरको ताल्चा फोरेर  लत्ताकपडा, गरगहना, नगद चोरी भएको दुई साता नबित्दै पुनह राजदेवी चाेकको प्रहरी बिट अगाडिबाटै चोरी हुनु दुःखद् घटना भएको स्थानीयको भनाइ छ।

    सम्बन्धित समाचार...