१६ चैत्र २०८०, शुक्रबार

दर्शक भड्किदाँ ट्विटरमा ‘बाइकट लाइगर मुभी’ ट्रेन्ड

liger

पछिल्लो समय बलिउडमा ‘बाइकट’ ट्रेन्ड चलिरहेको छ । बलिउडका फिल्महरुलाई ‘बाइकट’ गर्नु पर्ने भन्दै ट्विटरमा अभियान नै चलिरहेको छ । यसमै फिल्म ‘लाइगर’ परेको छ।

बलिउडका निर्माता करण जोहर सहितको लगानीमा पुरी जगन्नाथको निर्देशन रहेको फिल्म ‘लाइगर’ मा विजय देवरकोण्डा , अनन्या पाण्डे मुख्य भूमिकामा छन् । यी दुई फिल्मको प्रचारप्रसार गरिरहेका छन् ।

प्रचारप्रसारकै क्रममा ‘बाइकट’ को बारेमा विजय र अनन्याले दिएको बयान प्रति दर्शक भड्किएका हुन् । त्यसकारण भारतमा लाइगरलाई बाइकट गर्नु पर्ने अभियानले तिब्रता पाएको छ ।

पछिल्लो समय ‘बाइकट’ अभियान चलिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा विजय र अनन्याले प्रतिक्रिया दिएका थिए । विजयले ‘बाइकट’ ट्रेन्डलाई बढी अटेन्सन दिएको प्रतिक्रिया दिए । ‘हामीले यस विषयलाई बढी चर्चा गरिरहेका छौँ । यसलाई बढी अटेन्सन नदिउँ उनले भने ।

अनन्याले भने हामीलाई हरेक दिन कोहि न् कोहिले बाइकट गरिनै रहन्छन् । त्यसमा धेरै सोच्नु पर्ने केहि नरहेको बताएकी थिइन् । विजयले त्यहिँ प्रसंगमा थपे ,’हामी यसमा केहि गर्न सक्दैनौ । हामी त केवल फिल्म बनाउछौँ । हेर्नेले हलमा आएर हेर्नु हुन्छ । नत्र टिभी , ल्यापटप वा मोबाइलमा हेर्नुहुन्छ ।’ यो अन्तर्वार्ता पश्चात बलिउडमा ‘लाइगर’ लाई बाइकट गर्नु पर्ने ट्रेन्ड चलिरहेको छ ।

फिल्मलाई असर गर्ने डरले करण जोहर पब्लिसिटीमा जोडिएका थिएनन् । तर , पछिल्लो समय चलिरहेको ट्रेन्डले फिल्मलाई कस्तो असर गर्छ ? यो भने हेर्न बाँकी छ ।