६ बैशाख २०८१, बिहीबार

राजनीतिक पहुँच र दबाबमा विमानस्थल बनाउने होड

airport

५३ वटा विमानस्थलमध्ये रुकुम, दार्चुला, रोल्पा, मनाङ, महेन्द्रनगर, जिरी, कालीकोट, ढोरपाटनसहित १९ वटा विमानस्थलमा उडान हुँदैनन् ।

अझै अर्घाखाँची विमानस्थल निर्माणाधीन छ भने नागरिक उड्डयन प्राधिकरणले थप ५ वटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ६ करोड बजेट छुट्टाएको छ।

नयाँ विमानस्थल थपिने क्रम यतिमै सीमित छैन । काभ्रे, गुल्मी, दाङ, धनकुटा, सोलुखुम्बु, हुम्ला, पाँचथर, प्यूठान, तेह्रथुम, उदयपुर र मुस्ताङमा पनि विमानस्थल बनाउन प्रस्ताव छ। राजनीतिक पहुँच र स्वार्थ समूहको दबावमा विमानस्थल बनाउने होडबाजी नै छ । यसका कारण पनि सरकारी निकाय निरीह बन्ने गरेको छ।

ईलामको सुकिलुम्बा विमानस्थल सञ्चालनमा आएको केही महिनामै बन्द भयो । तारा एयरले १२ वटा उडान गरेपछि व्यापारिक असफलता भन्दै उडान नै बन्द गर्यो । बाग्लुङको बलेवा एयरपोर्ट त बनेको ३० वर्षसम्म पनि सन्चालनमा आएको छैन । ७ करोड रुपैयाँ लगानीमा ६ महिनाअघि धावनमार्ग कालोपत्रे भयो। तर सबै पूर्वाधार कहिले बन्ने र कहिले नियमित उडान हुने ठेगान छैन ।

ताप्लेजुङको सुकेटार विमानस्थलमा पनि साढे २ महिनापछि शनिबार उडान भयो । यो विमानस्थल पाथीभरा मन्दिर दर्शनका लागि धार्मिक पर्यटन बढाउन भन्दै २०५५ सालमा बनाईएको थियो । तर यतिका वर्षसम्म पनि उस्तै छ । मौसमकै कारण पनि यहाा उडानको टुंगो हुादैन ।

दुर्गममा २० नटिकल माईलभन्दा नजिक अर्को विमानस्थल बनाउन नपाईने हवाई नीतिको पनि उल्लंघन भइरहेको छ। आवश्यकताका आधारमा हुनुपर्नेमा सोलुखुम्बुमा त ४ वटासम्म विमानस्थल छन् । रन वे कालोपत्रे गरेकै भरमा विमानस्थल घोषणा हुने गर्छन्। केही महिनापछि घाासे मैदान,घाम ताप्ने ठाउा र गाईवस्तु चरन बन्ने गरेका यस्ता विमानस्थलहरु सुरक्षा जोखिम उत्तिकै छ ।

विमानस्थलको संख्या बढ्दै जाादा अधिकांश स्थानमा विमानस्थलमा हुनुपर्ने सामान्य पूर्वाधारसमेत छैनन्। यस्तो अवस्थामा विमानस्थलको स्तरोन्नति, पूर्वाधार र प्रविधि विकासमा ध्यान दिनुपर्ने देखिन्छ ।