७ बैशाख २०८१, शुक्रबार

गर्भवती महिलालाई मासिक एक हजार दिने तयारी गर्दै छथर गाउँपालिका

chathar jorpati

छथर जोरपाटी गाउँपालिका धनकुटाले गर्भवती महिलालाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको छ ।

गाउँपालिकाले आर्थीक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गर्दै गर्भवती महिलालाई मासिक एक हजार दिन लागेकाे जनाएको छ । गर्भवती भएको महिलाले आठ पटकसम्म गर्भ जाँच गरेपछि एकमुष्ट नाै हजार रुपैयाँ प्रदान दिने तयारी भइरहेकाे गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।

आर्थिक रुपमा कमजाेर गर्भवतीलाई राहात हाेस भन्ने उदेश्यले यो कार्यक्रम अघि सारेको अध्यक्ष सुब्बाको भनाइ छ । यो कार्यक्रमले गाउँका दुर्गम क्षेत्र र आर्थिक रुपमा विपन्न परिवारका महिलालाई राहात मिल्नेछ ।

    सम्बन्धित समाचार...