१३ बैशाख २०८१, बिहीबार

सर्वसम्मतीले गोर्खा खुकुरीको विधान संशोधन

1 1 1

नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय साधारण सभाले विधान संशोधन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ मा व्यवस्था गरिएको राष्ट्रिय खेल संघसम्बन्धी बुँदामा संघको विधान संशोधन गर्न शनिबार केन्द्रीय साधारण सभा बोलाइएको संघले जनाएको छ ।

संशोधित बुँदा सर्वसम्मतीले पारित गरेको संघले जनाएको छ । साधारण सभा ९२ जनाको उपस्थिति रहेको संघले जनाएको छ । साधारण सभाको संघका सल्लाहकार आनन्द कुमारले उद्घाटन गरेका थिए ।

    सम्बन्धित समाचार...