६ जेष्ठ २०८१, आईतवार

महात्मा गान्धीको मूर्ति तोडफोड न्युयोर्कमा

gandhi

न्यूयोर्कमा भारतीय महावाणिज्य दूतावासले शुक्रबार न्यूयोर्कमा हिन्दू मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति तोडफोडको कडा निन्दा गरेको छ ।

न्युयोर्कस्थित भारतीय कन्सुलेटले ‘घृणित कार्यका’ लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन अमेरिकी अधिकारीहरूसँग अनुरोध गरेको छ ।

‘न्युयोर्कको क्वीन्समा रहेको एक मन्दिर बाहिर महात्मा गान्धीको मूर्ति तोडफोडको कडा निन्दा गर्दछौँ ।  हामीले यस घृणित कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनको लागि पूर्णअनुसन्धानको लागि अमेरिकी अधिकारीहरूसमक्ष मुद्दा उठाएका छौंँ’, वाणिज्य दूतावासले एक विज्ञप्तिमा भनेको छ ।

एक व्यक्तिले मंगलबार महात्मा गान्धीको मूर्तिलाई ह्यामरले हिर्काएको देखाएको छ । मूर्तिको टाउको फुटाउनुअघि यसलाई माथि फ्याँकिएको थियो ।

    सम्बन्धित समाचार...