१४ बैशाख २०८१, शुक्रबार

विप्लव चुनाव बहिस्कारमा, सीपी गजुरेल समुहद्वारा आयोगमा दल दर्ता

nepal elecion commison

आगमी ४ मंशिरमा हुन गईरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने भएको छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियामा आएको चन्द नेतृत्वको नेकपाले संघीय र प्रदेश संसदका दुवै चुनाव बहिस्कार गर्ने भएको हो ।

शान्ति प्रक्रियमा आएपनि अझै पनि मुद्धाहरु फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समुहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ ।

उता, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन । गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समुहको एक घटक हो ।

    सम्बन्धित समाचार...