१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष ओलीको तर्क: देशलाई माथि उठाउन एमालेको विकल्प छैन

kp oli 1

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बहुमत आउनका लागि रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरेपनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबी समेत गर्नुभयो ।

लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा आम जनता दृढ रहेको जिकीर समेत गर्नुभयो ।

सेना र प्रहरी समेत नेकपा एमालेको नेतृत्वमा मात्रै मुलुक अगाडि बढछ भन्ने विश्वासमा रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट सत्तारुढ गठबन्धन अत्तालिएर गठबन्धन विस्तारको प्रयासमा लागि रहेको आरोप समेत लगाउनुभयो।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने दोहोर्याउनु भयो । देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उहाँको तर्क थियो ।