७ बैशाख २०८१, शुक्रबार

कारले ओभरटेक गरेको आरोपमा कुटपीट

beating

कारले ओभरटेक गर्न खोजेको भन्दै एक हिन्दू परिवारमाथि पाकिस्तानमा एक राजनीतिज्ञका आफन्त र उनका सहयोगीले सिन्ध थर भएका एक परिबारलाई आक्रमण गरेका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

एक्सप्रेस ट्रिव्युनका अनुसार सिन्ध परिवारका एक पुरुष, तीन महिला र दुई बच्चाहरू कारमा यात्रारत थिए । स्थानीय राजनीतिज्ञका भतिजा शमशेर पिटाफीको गाडी ओभरटेक गर्न खोजेपछि उनीहरु आक्रमणमा परेका थिए ।

सिन्ध परिवारको कारले पिटाफीको कारलाई ओभरटेक गरेपछि उनीहरूलाई पछ्याएका थिए । उनीहरू मन्दिरबाट फर्किने क्रममा आक्रमणमा परेका हुन् ।

घटनाबारे एक प्रहरी अधिकारीले भने, ‘सिन्धको कारले राजमार्गमा पिटाफीको कारलाई ओभरटेक गर्दा एक बच्चाले बाहिर आइसक्रिमको खोल फ्याकेका थिए, जुन पिटाफीको भिगो कारको विन्डशिल्डमा ठोक्किएको थियो । परिवारले गाडि नरोकेपछि पिटाफी आक्रोशित भएको पाइन्छ ।’