१६ चैत्र २०८०, शुक्रबार

कुन कुन दल दर्ता भए मंसिर ४ गतेको निर्वाचनका लागि ?

nepal elecion commison

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेसहित ३३ राजनीतिक दल दर्ता भएका छन् ।

शुक्रबार ५ बजेसम्म यो संख्यामा ३३ राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो । आयोगले आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ ।

मुख्य राजनीतिक दलमध्ये नेकपा एमालेले मात्र निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गराएको छ । काँग्रेस, माओवादी केन्द्र लगायतका दल भने दर्ता हुन बाँकी रहेको आयोगले जनाएको छ ।

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नुपर्दछ ।