६ बैशाख २०८१, बिहीबार

नयाँ प्रशिक्षक प्रभाकर: प्रभावशाली खेलाडीको विवादास्पद विगत

manaoj prabhakar 1

क्यानले भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर प्रभाकरलाई सोमबार मुख्य प्रशिक्षकका रुपमा सार्वजनिक गरेको हो ।

भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रभाकईलाई क्यानले मासिक १५ हजार अमेरिकी डलर पारिश्रमिक दिनेछ ।

क्यान र प्रभाकरबीच भएको एक वर्षको सम्झौता आगामी बिहीबारदेखि लागू हुनेछ । सम्झौता लम्ब्याउन सक्ने सर्तसहित आएका प्रभाकरलाई क्यानले आफूहरुसँग भएका विकल्पमध्येको उत्कृष्ठ भनेको छ । राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने पनि सन्तुष्ट देखिएका छन् ।

सन् १९९९ मा म्याच मिलेमतोका कारण प्रभाकर भारतीय क्रिकेट बोर्डको प्रतिबन्धमा परेका थिए । २०११ मा खेलाडी र छनोटकर्ताका बारे सार्वजनिक टिप्पणी गरेपछि प्रभाकरलाई दिल्ली टिमले कारबाही गरेको थियो ।

विवादास्पद छबी भए पनि प्रभाकरसँग दिल्ली, उत्तर प्रदेशलगायतका टिमलार्इ रणजी ट्रफि जिताएको अनुभव छ । उनी बलिङ प्रशिक्षक रहेको अफगानिस्ताले २०१६ मा भारतमा भएको विश्वकप खेलेको थियो ।

पुवुदु दशानायकेलाई प्रतिस्थापन गरेका प्रभाकर सामु कमजोर ब्याटिङ सुधार गर्दै एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु मुख्य चुनौती रहनेछ ।

सीमित स्रोतको उच्चतम् प्रयोग र खेलाडीबीच बढ्दो दुरीलाई हटाउँदै नेपाली टोलीको स्तर सुधार गरेर सफलता दिलाउन सके मात्र उनी पनि कुशल प्रशिक्षकका रुपमा प्रमाणित हुने छन् ।