१६ चैत्र २०८०, शुक्रबार

काठमाडौंका गल्लीगल्लीमा तारबार, गृह मन्त्रालय “बाटो बन्द गर्ने र प्रवेश निषेध गर्नेलाई कारवाही” (विज्ञप्तिसहित)

Road Blocked

गृह मन्त्रालयले सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

काठमाडौं उपत्यकामा केही दिनअघि लकडाउन निकै खुकुलो भएको थियो। बिहान र बेलुका सडकमा ट्राफिक जाम हुन थालेको थियो। मान्छेहरूको भिड बढ्न थालेको थियो।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यस कठिन क्षणमा पनि सुरक्षा सतर्कताको नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरीतका कार्यहरुगरि निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई बिनाकारण निकाल्नेलगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेको प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

Road Blocked 1

तर शनिबार र आइतबार कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको पुष्टि भएपछि फेरि काठमाडौंका सडकमा गाडी पातलिएका छन्।

मुख्य सडकमात्र होइन भित्री गल्लीहरूमा पनि मानिसहरूको आवातजावत कम भएको छ। कतिले आफ्नो टोलको गल्लीमा तारबार नै लगाएका छन्। काठमाडौं र पाटनका गल्लीहरूमा विभिन्न सूचनाहरू टाँसेर बाटो रोकिएको छ।

विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सबैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होइन ।”

उनले विज्ञप्तिमा मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय हुने चेतावनी दिएका छन् ।

home ministry press release

    सम्बन्धित समाचार...