१३ बैशाख २०८१, बिहीबार

दल दर्ता गर्दै एमाले संघीय चुनावका लागि आज

Uml New office 1024x538 1

नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको छ । एमाले निर्वाचन विभागका अनुसार दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम छ ।

दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेताहरू आयोग पुग्नेछन्।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले आइतबारदेखि दल दर्ता सुरु गरिसकेको छ। ३१ साउनसम्म दल दर्ता गरिसक्न आह्वान गरिएको छ ।