७ बैशाख २०८१, शुक्रबार

भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी एमाले हो : अध्यक्ष ओली

kp oli rautahat

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले जनता एवं प्रगतिशील जनताको पार्टी भएको बताउनुभएको छ ।

रौतहटको गौरमा आयोजित बृहत् पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उहाँले एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले तराई मधेसका जिल्लाहरुले बर्सेनि कटान, डुबान र बाढीको समस्या झेल्दै आएकाले छिमेकी मुलुक भारतसँग वार्ता गरी यसको समाधान खोज्नुपर्ने बताउनुभयो ।

उहाँले तराई मधेसका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा गौर नगरपालिकाका पूर्वप्रमुख अजयकुमार गृप्ताको नेतृत्वमा पाँच हजार सात सय ४३ जना एमालेमा प्रवेश गरेका थिए ।