७ बैशाख २०८१, शुक्रबार

चीनको कडा चेतावनी बेवास्ता गर्दै अमेरिकी सभामुख ताइवानमा

tai

चीनको चेतावनी बेवास्ता गर्दै अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । उनी उच्च सुरक्षाबीच मंगलबार राति राजधानी ताइपेइ पुगेकी हुन् ।

उनी अन्तराष्ट्रिय विमानस्थलमा जहाजबाट ओर्लिँदै गरेको तस्बिर अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् । यसलाई पछिल्लो २ दशकभन्दा लामो समयको अन्तरालमा ताइवानमा भएको अमेरिकी उच्च अधिकारीको महत्वपूर्ण भ्रमण भनिएको छ । यद्यपी भ्रमणलाई अनौपचारिक भनिएको छ ।

चीनले यो भ्रमणप्रति कडा आपत्ति जनाएको छ । उसले यसलाई आफ्नो सार्वभौमसत्तामाथिको अतिक्रमण भन्दै नसहने चेतावनी दिइरहेको छ । यता अमेरिकाले पनि पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरेको थियो ।

चीनले पनि ताइवान नजिकै लडाकु विमान उडाइरहेको छ । पेलोली बुधबार ताइवानको संसदमा जाने कार्यक्रम सार्वजनिक भएको छ । त्यसपछि उनी जापान र दक्षिण कोरिया जानेछन् ।