१४ बैशाख २०८१, शुक्रबार

घूससहित पक्राउ परे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल

Pramod Nepal

६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

त्यसपछि गाडी खानतलासी गरेको अख्तियारले उनले प्रयोग गर्ने बा १ झ ९९४६ नम्बरको सरकारी गाडीबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको छ । 

 आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त रकम पनि नेपालले घूसबापत लिएको हुनसक्ने भएकाले यसबारे अनुसन्धान भइरहेको बताए । 

सेवा सञ्चालन अनुमतिका लागि एक व्यवसायीले मन्त्रालयमा दिएकोलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका थिए ।

त्यसपछि उनीमाथि अख्तियारको टोलीले समेत निगरानीसमेत गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा रंगेहात पक्राउ परेका थिए ।
 

296410679 595367688646205 3435175533626926760 n