१५ चैत्र २०८०, बिहीबार

अध्यक्ष प्रचण्डको अखिल क्रान्तिकारीको दुवै पक्षसँग छलफल

prachanda IRyjsLNp44
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारीको दुवै समूहसँग छलफल गरेका छन् ।

पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट पवन कार्की समूह र अध्यक्ष पञ्चा सिंह समूहसँग प्रचण्डले मंगलबार खुमलटारमा छलफल गरेका हुन् । अखिलमा देखिएको विवादबारे छलफल गर्न प्रचण्डले दुवै पक्षलाई बोलाएका थिए । 

संगठनमा विवाद लामोसम्म राख्नु नहुने भन्दै प्रचण्डले यसबारेमा स्थायी कमिटीले केही निर्णय गर्ने बताएको कार्कीको भनाइ छ । प्रचण्डले पदाधिकारी चयनमा केही कमजोरी भएको स्वीकार गर्दै सुधारेर जानेबारे छलफल गरेका थिए ।