१३ बैशाख २०८१, बिहीबार

बल्ल जाग्यो एमाले, महंगी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्न !

u

मह‌गी र भ्रष्टाचार बढेको भन्दै सर्वत्र आलोचना भइरहँदा बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जागेको छ । एमालेले आज भ्रष्टाचार र मह‌गीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै आन्दोलन शुरु गरेको हो ।

काठमाडौंको वसन्तपुरबाट शुरु भएको नेकपा एमालेको जुलुस शान्तिबाटीकामा आएर कोणसभामा परिणत भयो । दिउँसोको झरीकैबीच एमालेले शान्तिवाटीकामा सभा गर्दै गठबन्धन सरकारले महंगी नियन्त्रण गर्न नसकेको र भ्रष्टाचार बढाएको आरोप लगायो ।

सरकारले मुलुकलाई गति दिन नसकेको पनि एमालेको आरोप छ । भ्रष्टाचार र महंगी वृद्धिले मुलुक अघि बढ्न नसक्ने अवस्था आइसकेकाले अब एमाले चुप नबस्ने चेतावनी दिएको छ ।

महंगीले जनजीवन कष्टकर बन्दै जाँदा सरकारको मात्र होइन प्रतिपक्षी दलको मौनतामाथिसमेत प्रश्न उठ्दै आएको थियो । सरकारले निर्वाचनको मिति तोक्ने तयारी थाल्दा महंगी र भ्रष्टाचारविरुद्ध बल्ल प्रतिपक्षीको बोली फुटेको छ ।

महंगी र भ्रष्टाचारविरुद्धको भनिएको आन्दोलनमा एमालेका सबैजसो भ्रातृ तथा शुभेच्छुक संस्थासमेत सहभागी भएका थिए । एमालेले चुनावसम्मै महंगी र भ्रष्टाचारको विषयलाई मुद्दा बनाउने तयारीकै रुपमा काठमाडौंमा भएको प्रदर्शनलाई हेरिएको छ ।

295929522 1718247578552126 2445724531131969881 n
295556658 428856175678014 3298754656335651750 n
293972019 583693623448682 843681667581041059 n
296169510 1408455252996521 5888010886942562787 n
297032870 3214683752183036 918803092299249565 n
295672164 1137304553836554 3673076879738690911 n