११ बैशाख २०८१, मंगलवार

मंकीपक्सबाट पहिलो निधन भारतमा

भारतको केरलमा मंकीपक्सका कारण एक जनाको निधन भएको छ । शनिबार निधन भएका युवकलाई मंकीपक्सको पश्चिम अफ्रिकी भेरिएन्ट संक्रमण भएको केरलाको स्वास्थ्य विभागले जनाएको छ ।

भारतमा मंकीपक्सबाट पहिलो निधन भएको बताइएको छ । केरलकी स्वास्थ्यमन्त्री बिना जर्जले २२ वर्षीय युवकको निधन भएको जानकारी दएकी छन् । ती युवक यूएईबाट भारत आएको उनले जानकारी दिएकी छन् ।

उनलाई मंकीपक्स संक्रमण देखिएपछि केरलकै एक निजी अस्पतालमा भर्ना भएको थियो । मृतकको परिवार सदस्यहरूका अनुसार उनी यूएईको रास अल खइमाहमा कार्यरत थिए । साथै उनी जुलाइ २२ मा आफ्नो घर आइपुगेका थिए ।