१२ बैशाख २०८१, बुधबार

मुक्तिनाथ विकास बैंकका कर्मचारीहरू चढेकाे माइक्राे भोर्लेमा दुर्घटना, १८ घाइते (नामसहित)

thumb

चितवनको नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ भोर्लेमा सोमबार दिउँसो माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अबस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टका अनुसार दिउँसो ४ बजेतिर दुर्घटना भएको उक्त माइक्रो बस बाँसको झ्याङमा अड्केका कारण त्रिशुली नदीमा खस्नबाट जोगिएको थियो ।

आज दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो । घाइतेहरु मध्ये अधिकांश मुक्तिनाथ विकास बैंकको कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

उनीहरु भरतपुरमा कार्यक्रम सकेर धादिङ फर्किदै थिए ।

घाइतेहरुको नामः

१.टिकाराम श्रेष्ठ (धादिङ)
२.प्रमिला भट्ट (धादिङ)
३.सरोज खतिवडा (धादिङ)
४.दीपा रेग्मी (धादिङ)
५.जीवन कुमार (नुवाकोट)
६.उपेन्द्र भण्डारी (नुवाकोट)
७.सुजन आचार्य (धादिङ)
८.सरोज मोक्तान (मकवानपुर)
९.सावित्री सापकोटा (धादिङ)
१०.स्वस्तिका आचार्य (धादिङ)
११.विकास संजेल (ललितपुर)
१२.मनोज भण्डारी (धादिङ)
१३.सुवास नेपाल (नुवाकोट)
१४.धर्मबहादुर खड्का (दोलखा)
१५.प्रकाश अधिकारी (धादिङ)
१६.सनिशा अधिकारी (धादिङ)
१७.रोजिना श्रेष्ठ (धादिङ)
१८.अन्जेल कुमाल (भरतपुर)