१५ चैत्र २०८०, बिहीबार

लज्जास्पद हार भारतसँग नेपालको यू–२० साफ च्याम्पियनसिप फुटबलमा

u 20 saff nepali Football team

यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरुद्ध लज्जास्पद हार बेहोरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको खेलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।

टाइसन सिंह, हिमान्सु जान्ग्रा, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरे । नेपालले सुरुवाती दुई खेलमा शानदार जित निकालेको थियो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले हराएको थियो । आइतबार नै भएको पहिलो खेलमा श्रीलंका र माल्दिभ्सले १–१ को बराबरी खेलेका छन् ।

अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल अगष्ट ५ मा हुनेछ।

    सम्बन्धित समाचार...