१३ बैशाख २०८१, बिहीबार

अपडेट: खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प

Earthquake

खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर १५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको हलेसी मार्तिम बिर्तालाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्ला सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।