१५ बैशाख २०८१, शनिबार

मिति घोषणा नहुँदै स्थानीय तहको मतलाई आधार बनाएर आगामी चुनावको रणनीतिमा दलहरु

con uml mao

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा नहुँदै राजनीतिक दलहरु आगामी रणनीतिको तयारीमा छन् । गत स्थानीय र अघिल्लो आमनिर्वाचनमा पाएको मतलाई आधार बनाएर आफू अब्बल रहेको प्रमाणीत गर्ने प्रयास दलहरुको छ ।

त्यसमाथि गठबन्धन गरेर जाने तयारीमा रहेकाहरुले त सिट वाँडफाँटको विषय नै प्राप्त मतलार्इ बनाउनेसम्मका तर्क प्रस्तुत् गरिरहेका छन् ।

गठबन्धन जोगाएरै आगामी चुनावमा जाने तयारीमा पुगेका सत्तारुढ दलहरुमा सिट बाँडफाँटका विभिन्न मोडालिटी माथि छलफल सुरु भएको छ । गठबन्धन दलहरुलाई गत स्थानीय तहमा प्राप्त मत विष्लेषणमा छन ।

गठबन्धनभित्र सवैभन्दा चुनौतिका रुपमा हेरिएको सिट वाँडफाँटको एउटा आधार विगतका निर्वाचनमा दलहरुले पाएको मत हुने कांग्रेसको भनाइ छ ।

गत स्थानीय निर्वाचनमा ३ सय २९ सिट जितेको नेपाली कांग्रेस आगामी प्रतिनिधसभा र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी बहुमत नजिक पुग्न सकिने रणनीति खोज्दै छ ।

२ सय ६ स्थानीय तह जितेको एमाले गठबन्धन भत्काएर जान सके आफ्नो उपस्थिति बलियो हुने विष्लेषणमा देखिन्छ । उता १ सय २१ स्थानीय तहको नेतृत्व जितेको माओवादी केन्द्र गठबन्धनभित्रै बसेर शक्तिलाई मजबुद बनाउने दाउमा छ ।

स्थानीय तह निर्वाचनको वडागत मत विश्लेषण गर्दा कांग्रेसले ३४ र एमालेले ३३ प्रतिशत मत पाएका छन् । त्यस्तै माओवादी केन्द्रले १३ प्रतिशत मत ल्याउँदा जसपा ५ र एकीकृत समाजवादीले तीन प्रतिशतभन्दा केही बढी मात्रै पाएका छन् । माओवादी केन्द्रले पछिल्लो निर्वाचनको मत मात्रै सिट वाँडफाँटको आधार नबन्ने दाबी गरेको छ ।

उता नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पार्टीभित्रको अन्तर्घातदेखि उम्मेदवारी चयनसम्ममा गरेको गल्तीले परिणाम फरक परेको निष्कर्ष निकालेको छ । उसले पछिल्लो निर्वाचनमा पाएको मत विश्लेषण गरेर गठबन्धन विरुद्ध लड्ने बताउँदै आएको छ ।

प्रमुख तीन बाहेकका दलहरु जसपा, एकीकृत समाजवादी र लोसपाले पनि आमनिर्वाचनका लागि स्थानीय तहको मतलाई हेरेका छन् । उनीहरु आफ्नो हैसियत बढाउन सक्ने गरी गठबन्धनमा लाग्ने तयारीमा छन् । यसरी दलहरुले निर्वाचनको परिणाममाथि विश्लेषण त गरेका छन् तर एक्लै नभएर सहकार्यमै अगाडि बढ्ने दाउमा देखिन्छन् ।

oda