१९ बैशाख २०८१, बुधबार

कोरोनाबाट निधन भएकी महिला टोखा नगरपालिका वडा नं. ९ बसेको जानकारी, सम्भावित कोरोना संक्रमण क्षेत्र शिल

tokha minicipality

सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षिया महिलाको कोभिड-१९ बाट मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट पहिलो पटक मृत्यु भएकी महिलाको एक महिना अघि नै नर्मल डेलीभरी भएको परिवारका सदस्यले जनाएका छन् । चिकित्सकले जेठको अन्तिम साता ‘डेलीभरि डेट’ दिएपनि व्यथाले च्यापेपछि अस्पताल लगिएको थियो ।

११ दिन अघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भै घर फर्किएकी सुत्केरी महिलाको अवस्था जटिल भएपछि उनलाई थप उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।

मृतकका श्रीमान, आमा, भाई र बैनी र बच्चाको परिक्षणका लागि स्वाब संकलन भइसकेको र आफन्त सबैलाई धुलिखेल अस्पतालको आईसुलेसनमा राखिएको छ । सुत्केरी महिलाको मृत्यु भएपछि धुलिखेल अस्पताल आज बिहान देखिनै सिल गरिएको छ ।

यसै बिच टोखा नगरपालिकाले फेसबुक मार्फत एक सुचना जारी गरेर संक्रमित महिला बसेको स्थान पहिचान गरी सो क्षेत्र ओरि परी शिल गरेको जनाएको छ ।

tokha municipality

मृत्यु भएकी महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो भने धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका सीमित सदस्य आर्यघाट पुगेका थिए ।

उनको बालाजुमा तरकारी पसल रहेको र श्रीमानसँग मिलेर उनले तरकारी पसल गर्ने गरेको खुलेको छ ।

‘उहाँको तरकारी पसल यहाँ भएको त थाहा भयो तर केही समयअघि देखि नै उहाँलाई पसलमा देखिएको थिएन,’ बालाजुका एक स्थानीयले यो घटनापछि फरकधारसँग भने, ‘सायद गर्भवती भएकाले होला, उहाँ पसलमा देखिनु भएको थिएन ।’ उनका अनुसार विगत दुई महिना यता उनी पसलमा देखिएकी थिइनन् ।

सम्भावित कोरोना संक्रमण क्षेत्र शिल गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना !!!सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको…

Tokha Municipality – टोखा नगरपालिका ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಶನಿವಾರ, ಮೇ 16, 2020