१४ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरसबाट मृत्यु भएकाको यसरी गरिन्छ शव व्यवस्थापन? यस्तो छ कार्यविधि

coronavirus dead body

कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यसअघि नै कार्यविधि बनाइसकेको छ। सोही कार्यविधिअनुसार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव व्यवस्थापन गरिएको छ ।
उनको शनिबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो हुँदैन ।

कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्छ ।

त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ ।

त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुनेतथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

चैत्र २५ गते जारी उक्त कार्यविधिमा मृृतकका आफन्तले शव हेर्न चाहेमा एक मिटरको दुरीबाट मात्र हेर्न पाउने उल्लेख छ ।

यस्तै विश्व स्वास्थ्य संगठले पनि कोभिड–१९को संक्रमितको मृत्यु भएमा उक्त शवलाई कसरी व्यवस्थापन गर्ने भनेर निर्देशिका सार्बजनिक गरिसकेको छ।

संक्रमितको मृत्यु भइहालेमा अस्पतालले ध्यान दिनु पर्ने कुराहरुः

– कोभिड–१९ संक्रमितको शवलाई व्यवस्थापन गर्दा सर्वप्रथम स्वास्थ्यकर्मीहरुले हात सफा गरी पीपीई, पञ्जा, मास्क, चस्माको प्रयोग गर्नु पर्छ।
– मृत्यु अघि संक्रमितको उपचारका लागि प्रयोग गरिएका मेडिकल सम्पूर्ण सामग्री निकाल्नु पर्दछ।
– उपचारका लागि मेडिकल सामग्री प्रयोग गर्दा शरीरमा भएका घाउ तथा प्वाललाई १ प्रतिशत हाइपो क्लोराइटले सफा गरी प्लाष्टर गर्नु पर्दछ।
– शरीरबाट मेडिकल सामग्री तथा अन्य तिखो उपकरणहरु निकाल्दा विशेष ख्याल गरि आफुलाई नघोच्ने गरि निकाल्नु पर्दछ।
– शवबाट संक्रमण फैलन नदिन शरीरका प्वाल जस्तै नाँक, कान लगायतका श्राव हुने अंगहरु पूर्ण रुपमा बन्द गर्नु पर्दछ।
– शवलाई आइसोलेसन वा भेन्टिलेटरबाट बाहिर निकाल्नु अगाडि आफन्तले शव हेर्न चाहेमा उनीहरुलाई सावधानी पूर्व १ मिटरको दुरी कायम गर्न लगाएर देखाउनु पर्दछ।
– शवलाई बाहिर निकाल्नु भन्दा अगाडि पुरै प्लाष्टिकले ढाकेर राख्नु पर्दछ। शवलाई पलाष्टिकले ढाक्नु आगाडि प्लाष्टिकलाई पानीमा १ प्रतिशत हाइपो क्लोराइट र ब्लीच पाउडर मिसाएर सफा गर्नु पर्दछ।

शवलाई घाटसम्म पुर्‍याउँदा ध्यान दिनु पर्ने कुराहरुः
– शव बाहन चालकले आफ्नो सुरक्षाका लागि पीपीई लगाई संक्रमण हुन नदिन हाइपो क्लोराइटयुक्त प्लाष्टिकमा बन्द गरेर शवलाई सुरक्षित अवस्थामा अन्तिम संस्कार गर्ने ठाउँसम्म पुर्याउनु पर्दछ।
– शव ह्याण्डल गर्ने व्यक्तिले टाउको ढाक्ने गरि व्यक्तिगत सुरक्षाका सामग्री पीपीई, मास्क, पञ्जा, चस्मा प्रयोग गर्नु पर्छ।
– शवलाई अन्तिम संस्कार गर्ने ठाउँसम्म पु¥याएका बाहनलाई १ प्रतिशत हाइपोक्लोराइटले सफा गर्नु पर्दछ।

अन्तिम संस्कार गर्दा ध्यान दिनु पर्ने कुराहरुः
– शव गाड्ने वा जलाउने स्थलमा जाने कर्मचारी वा व्यक्तिहरु उच्च जोखिम हुने भएका कारण उच्च सर्तकता अपनाउँदै हातको विशेष सरसफाई गर्नुका साथै मास्क र पञ्जाको प्रयोग गर्नु पर्दछ।
– अन्तिम समयमा आफन्तलाई मृतकलाई हेर्न चाहेमा त्त मिटरको दुरी कायम गरी अनुहार मात्रै देखाइदिनु पर्छ।
– धर्म संस्कृति अनुसार दाहसंस्कार गर्दा शरीरलाई नछोइ टाढैबा पानी छिट्याउन लगाउन पर्दछ।
– नुहाउने, अँगाल्ने लगायतका शरीरमा छोएर गरिने कुनै पनि क्रियाकलाप गर्न नदिनु हुदैन।
– आफन्तले अस्तु तथा खरानी भने संकलन गर्न सक्ने छन्।
– अन्तिम संस्कारको समयमा भीड गर्न दिनु हुँदैन।

अन्तिम संस्कार गरिसकेपछि ध्यान दिनु पर्ने कुराहरुः
– शव राखेको झोला र शव छोप्न प्रयोग गरिएका कपडालाई निश्चित तोकिएको स्थानमा डिस्पोज गर्नु पर्दछ।
– शवमा प्रयोग गरिएका सम्पूर्ण मेडिकल सामग्रीलाई बायो मेडिकल फोहोर व्यवस्थापन नियम अनुसार डिस्पोज गर्नु पर्दछ।
– अन्तिम संस्कार सकेपछि संस्कारमा सहभागी भएका सबैले राम्रोसँग हात धुनुका साथै सरसफाईमा ध्यान दिनु पर्दछ।
– शव हस्तान्तरण गरेका स्वास्थ्यकर्मीले आफूले प्रयोग गरेको सबै सुरक्षाका सामग्री शरीरबाट निकालेर डिस्पोज गर्ने र राम्रोसँग हात धुनु पर्दछ।

DEAD BODY Manageme ZaJsLQZT1E
April DEAD BODY Mana b9Tphj9vvp