१६ चैत्र २०८०, शुक्रबार

‘आगो विना बिँडी जल्दैन’ हिट भएसँगै ‘झिँगेदाउ’को दोस्रो गीत ‘ईश्वरसँग पनि’

jhigedaau

भदौको १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘झिँगे दाउ’को ‘आगो विना विडी जल्दैन’ सुपरहिट भएको छ । यो गीतको अडियोलाई दर्शकले खुबै रुचाए ।

पहिलो गीत हिट भएपछि निर्माणपक्षले दोश्रो गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ । ‘ईश्वर सँग पनि’ बोलको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर, प्रमोद ढुंगानाको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ ।

लिरिकल भिडियोमा चलचित्रका मुख्य कलाकारहरु मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट र हिउवाला गौतमलाई फिचरिङ गरिएको छ ।

भिमनिधी तिवारीको चर्चित कृती ‘झिँगे दाउ’मा आधारित रहेर तयार पारिएको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार...