१६ चैत्र २०८०, शुक्रबार

रोमान्टिक आँचल नवअभिनेता विवेकसँग रोमानियामा

aanchal and bibek romance

अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘वर एण्ड वधू’को केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ । केही दिनमै राेमानियामा हुने छायांकन पूरा हुने भएपछि निर्माण युनिटले सुटिङस्थलबाट केही तस्बिरहरू सार्वजनिक गरेको छ ।

फिल्म निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए । रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको फिल्म एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनिरहेको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

निर्देशक चाम्सले रोमानियामा फिल्मको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी गरे ।

निर्माणपक्षले फिल्मको छायांकनका केही दृश्य सार्वजनिक गरेको छ । सुदिप बरालको छायांकन रहेको फिल्मका केही दृश्यमा आँचल र विवेक रोमान्टिक देखिएका छन् ।

फिल्मको गीतमा विदेशी महिला कोरसहरुले समेत अभिनय गरेको देख्न सकिन्छ । सुदिप बरालको छायांकन रहेको फिल्मको प्रदर्शन मिति हालसम्म तोकिएको छैन ।

रोमानियाको टेलिभिजनले यो फिल्मको सुटिङलाई प्राथमिकताका साथ प्रसारण गरेको थियो । फिल्मका कलाकार र निर्देशकले रोमानिया टेलिभिजनमा अन्तर्वार्तासमेत दिएका थिए ।

aanchal and bibek 1 768x836 1
aanchal and bibek romance
aanchal sharma 1 768x512 1

    सम्बन्धित समाचार...