१५ बैशाख २०८१, शनिबार

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६३ पुग्यो

Coronavirus 1

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ ।

लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले ५२ पुरुष र ११ महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जानकारी दिए ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या ११ छ ।