१६ चैत्र २०८०, शुक्रबार

भारतको मध्य प्रदेशका ९ जिल्ला कोरोनामुक्त घोषित

madhya pradesh

भारतको मध्य प्रदेशका नौ जिल्लालाई कोरोनामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । मुख्य सचिव मोहम्मद सुलेमानले प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले कोरोनामुक्त जिल्ला घोषणा गरेको जानकारी दिए ।

उनका अनुसार कोरोनामुक्त घोषित जिल्लाहरुमा बरवानी, अगर मलवा, शाजपुर, शेओपुर, अलिराजपुर, हार्डा, शाहडोल, टिकमगढ र बेटुल रहेका छन् ।गत शुक्रबार बसेको समिक्षा बैठकले ती जिल्लाहरुको अवस्थाका बारेमा समिक्षा गर्दै कोरोनामुक्त जिल्ला घोषणा गरेको हो ।

यी जिल्लाहरुमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरु नदेखिएपनि कोरोनामुक्त जिल्ला घोषणा गरिएको उनको भनाई छ । राज्यभरी कोरोनाभाइरसको सङ्क्रमण भएको छ की छैन भनेर परिक्षण गर्ने क्रम अत्यधिक बढाइएको पनि सचिव सुलेमानले जानकारी दिए ।

उनले शुक्रबार मात्रै थप पाँच हजार ८२२ जनाको स्वाब नमुना संकलन गरिसकिएको पनि बताए । यस प्रदेशमा अहिलेसम्म ९३ हजार ८४९ जनाको नमुन परिक्षण गरिएको थियो । शुक्रबारसम्ममा प्रदेशभरी चार हजार ५९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । एजेन्सी