७ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनीक गरेको एसईई नतिजामा ४ ग्रेड ल्याउनेको संख्या १‍.९४ रहँदा कुन ग्रेड ल्याय विद्यार्थीले धेरै ?

SEE

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनीक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा सबैभन्दा धेरै विद्यार्थीले २.१ देखि २.४ जीपीए ल्याएका छन् । सार्वजनिक नतिजा अनुसार २.०१ देखि २.४ जीपीए ल्याउनेको संख्या २२.७४ प्रतिशत रहेको हो ।

बोर्डका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले दिएको जानकारी अनुसार ३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या १‍.९४ प्रतिशत रहेको छ भने नन ग्रेड ल्याउनेको संख्या ४.५५ रहेको छ । त्यस्तै ०.८१ देखि १.२ जीपीए ल्याउनेको संख्या ०.६६ प्रतिशत रहेको उनको भनाइ छ ।

१.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ९ प्रतिशत, १.६१ जीपीएदेखि २.० जीपीए ल्यानेको संख्या २०.२९ प्रतिशत, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या १८.३१ प्रतिशत रहँदा २.८१ देखि ३.२ जीपीए ल्याउनेको संख्या १४.१३ प्रतिशत र ३.२१ देखि ३.६ जीपीए ल्याउनेको सख्या १.४ प्रतिशत रहेको उनले जानकारी दिए ।

यस वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा बोर्डले लिएको एसईई परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी रहेका थिए ।