१६ चैत्र २०८०, शुक्रबार

थप दुई जनामा कोरोनाभाइरस पुष्टि, सङ्क्रमितको सङ्ख्या २७८ पुग्यो

corona nepal

शनिवार थप ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अब कुल सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ।

यसअघि कपिलवस्तुका तीन जना, पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक-एक जनामा सङ्क्रमण देखिएको थियो।

काभ्रेमा पनि भेटिए कोरोना संक्रमित

काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बारामा एक प्रहरी जवानलाई देखियो कोरोना संक्रमण

बारामा एक जना प्रहरी जवानमा कोरोनाको संक्रमण देखिएको छ । बारा प्रहरी कार्यलय कलैयामा कार्यरत प्रहरीमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जनाएका छन् । 

उनलाई स्वास्थ्यमा समस्या आएपछि बीरगञ्जमा  चेक गर्दा कोरोना देखिएको जनाइएको छ । कोरोना संक्रमण देखिएका प्रहरी जवानलाई अहिले आईसोलसनमा राखिएको जनाइएको छ । प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि  जिल्ला प्रहरी कार्यलयलाई सेनिटाईज गरिएको जनाइएको छ ।