१४ बैशाख २०८१, शुक्रबार

खोटाङमा पसल आगो लगाएर फरार बनेका अभियुक्त पक्राउ

arest

खोटाङमा पसलमा आगो लगाएर फरार बनेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत १ साउनमा दिक्तेल रुपाकोेट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका व्यवसायी रेखा राईको किराना पसलमा आगो लगाउने दिक्तेल आचार्य गाउँका २७ वर्षीय जगत कालिकोटे पक्राउ परेका हुन् । 

व्यस्त बजारबिचकै पसलमा आगलागी भएको घटनाका सम्वन्धमा सुक्ष्म अनुसन्धान गर्नेक्रममा कालिकोटेले आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले बताए । 

अभियुक्तलाई प्रहरीले आइतबार दिक्तेलकै अस्पतालचोकमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । कालीकोटे बिरुद्ध अपराधिक उपद्रव (आगो लगाएको) कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

आगलागीमा चामल, दाल, तेल, बिस्कुट, चाउचाउ लगायतका उपभोग्य सामग्री जल्लदा अन्दाजी २६ लाख १६ हजार ९३० बराबरको क्षति भएको थियो ।