८ बैशाख २०८१, शनिबार

भूवन केसी नियुक्त चलचित्र विकास बोर्ड अध्यक्षमा

Bhuwan KC
फाइल फोटो

चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भूवन केसीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।

आज बसेको मन्त्रीपरिषदको बैठकले रिक्त रहेको अध्यक्ष पदका लागि अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीलाई नियुक्त गरेको हो ।

निवर्तमान अध्यक्ष दयाराम दाहालको २ बर्षे कार्यकाल सकिएपछि विकास बोर्डको अध्यक्ष पद रिक्त थियो । जसमा, विकास बोर्डको अध्यक्ष पदका लागि १० जना चलचित्रकर्मीले आवेदन दिएका थिए । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिइएको हो ।

अभिनेता भूवन केसीलाई बोर्ड अध्यक्ष बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको श्रोतले बतायो । तर, अभिनेता भूवन केसीले भने यो बिषयमा भोली मात्र आफूले जानकारी दिने बताए । उनले भने–‘मैले पनि सकारात्मक कुरा सुनेको छु । तर, अहिले नै केही भन्न सक्दिनँ । तपाइलाई भोली जानकराी दिन्छु ।’ तर, भूवन केसी निकट श्रोतले भने उनी विकास बोर्ड अध्यक्षमा नियुक्त भैसकेका छन् । उनले केही दिनमा नियुक्ती पत्र वुझ्नेछन् ।

यसको घोषणा भने भोलि गर्ने तयारी भइरहेको छ । भुवनसँगै बोर्ड अध्यक्ष बन्ने दौडमा दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल दौडमा रहेका थिए ।