१३ बैशाख २०८१, बिहीबार

(तस्बिरहरु) देउवा बोल्न लाग्दा नागरिकता विधेयकको बिरोधमा नाराबाजी

sher3

प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी भएको छ । 

सोमबार राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने समारोहमा सहभागी भएका प्रधानमन्त्री देउवाविरुद्ध एक युवकले नाराबाजी गरेका हुन् । 

नागरिकता विधेयक र एमसीसीको बिरोध गर्दै उनले नाराबाजी गरेका थिए । 

प्रधानमन्त्री देउवाले सम्बोधन गर्न माइक तर्फ जाँदै लाग्दा उनले नारा लगाएका थिए  । नागरिकता विधेयक खार्ज गर्, एमसीसीको मतियार देउवा मुर्दावाद् लगायतका नारा उनले लगाएका थिए । आफूविरुद्ध नारबाजी भइरहँदा देउवाले पनि उनीतर्फ हेरेका थिए ।

उनले नारा लगाइरहँदा सुरक्षाकर्मीले उनलाई बाहिर निकालेका थिए । 

sher5
sher4
sher3
9 1
8 2
6 2
1 3
2 5