८ आश्विन २०७९, शनिबार

तेस्रो जित पिएसजीको मेस्सी, नेयमार र एम्बाप्पेको गोलमा

lionel messi kylian mbappe and neymar

प्रि– सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ । 

सोमबार भएको खेलमा पिएसजीले जापानीज क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गर्याे । 

पिएसजीको जितमा नेयमारले दुई गोल गरे । यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान एक एक गोल गरे । 

पहिलो हाफमा ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यस्तै, ओसाकाको लागि केइसुके कुरोकावा र हिरोतो यमामीले एक एक गोल गरे । 

यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ । 

    सम्बन्धित समाचार...