१६ चैत्र २०८०, शुक्रबार

तीनै किशोरको सामूहिक आत्महत्या घटनाले गाउँ नै शोकमा

3 girl Death Jhapa

दक्षिणी झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरी एउटै रुखमा झुन्डिएर सामूहिक आत्महत्या गरेका छन् ।

कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना रहेका छन् ।

स्थानीयका अनुसार उनीहरू तीनै जना शनिवार दिउँसोदेखि घरबाट बेपत्ता भएकी थिइन् । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई तत्काल खबर गरेका थिए । यता तीनै जना किशोरीहरू चिया बगानमा काम गर्दै आएकी थिइन् ।

सामूहिक आत्महत्याको कारण भने नखुलेको जनाइएको छ ।। अहिले घटनास्थलमा प्रहरी खटाइएको डिएसपी पाठकले बताए । तीनै किशोरले सामूहिक आत्महत्याको घटनाले गाउँ नै शोकमा डुबेको छ ।

atmahatya 3 keti
jhapa