७ बैशाख २०८१, शुक्रबार

आन्दोलनमा उत्रिए दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर

Nepal Telecommunications Authority

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी चार बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले सोमबारदेखि आन्दोलनमा उत्रिने प्राधिकरण अध्यक्षलाई चेतावनीसहितको पत्र बुझाएको छ ।

यसअघि पनि आन्दोलनमा उत्रिएका कर्मचारी आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि फेरि आन्दोलनमा उत्रिन लागेको हो ।

श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट गत २ पुसमा बुझाएका मागहरु पूरा हुनुपर्ने, कर्मचारीहरूलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बिमासगँ तत्काल आवद्ध गरिनुपर्ने र आधारभूत मापदण्ड समेत पूरा नभएको स्थान÷कार्यालयमा प्राधिकरणलाई (प्राधिकरणलाई कमलादीबाट राष्ट्रिय नाँचघरमा) स्थानान्तरण गर्ने निर्णय गर्ने पदाधिकारी÷समिति उपर कारबाही हुनुपर्ने युनियनको माग छ ।

कर्मचारीहरु आफूहरुको माग पूरा नभएको भन्दै सोमबारदेखि आन्दोलन उत्रिन लागेको हो । सोमबारदेखि शुक्रबारदेखि प्राधिकरण अध्यक्षको कार्यकक्ष बाहिर धर्ना दिने तथा सम्पूर्ण सदस्यहरुको डिजिटल हस्ताक्षर टोकन संकलन गरी व्यवस्थापनसमक्ष बुझाउने, शुक्रबारसम्म माग पूरा नभए अझै कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आन्दोलनको अवधिभर युनियनका कुनै पनि सदस्यहरु काजमा नजाने युनियनले प्राधिकरण अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख छ ।

294942249 743456266982099 3877005732146889059 n