१४ बैशाख २०८१, शुक्रबार

रिब्साङ पिक्चर्सले गर्‍यो नयाँ फिल्मका लागि अडिसन कल

A casting call final 1

रिब्साङ पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्मको लागि कलाकारको अडिशन कल गरिएको छ ।

यस फिल्मकालागि मुख्य तीन जना नायक र तीन जना अभिनेत्री लगाएत अन्य चरित्र अभिनेता अभिनेत्रीको पनि अडिसन हुने बताइएको छ ।

साथै यो फिल्मका लागि अन्य पाँच जना चरित्र अभिनेता र पाँच जना चरित्र अभिनेत्री गरी जम्मा १० जना कलाकारको अडिसन हुने बताइएको छ ।

फिल्मको नाम समेत फाइनल समेत न गरेको निर्माण टिमले कलाकार छनोट भए संगै नाम फाइनल गरेर सुटिङमा जाने बताएको छ । निर्माण पक्षले अडिसनबाट नै फिल्मका नायक, नायिका चयन हुने बताइएको छ। यो फिल्मको छायाकंन टिकापुरमा हुने भएको छ ।

फिल्मको अडिसन कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा श्रावण ११ गते बुधबार २७ जुलाई हुने निर्माण टिमले जानकारी दिएको छ ।

294970159 3185742455076796 2725524880940456829 n

    सम्बन्धित समाचार...