१४ बैशाख २०८१, शुक्रबार

गाउँपालिकामा कर्मचारी निकालिएको भन्दै विराेध प्रदर्शन

FB IMG 1658475695702

रुपन्देही मर्चवारी गाउँपालिकामा कर्मचारी निकालिएको भन्दै विराेध प्रदर्शन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले साविकका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नियुक्त गर्न खोजेकाे भन्दै स्थानीय, करारका कर्मचारी तथा पूर्वजनप्रतिनिधिहरूले  शुक्रबार प्रदर्शन गरेका हुन् । 

५ वर्षदेखि सेवा गर्दै आएका पालिकास्तरका २८  जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिक अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशव नन्द बनियाले बताए ।

प्रदर्शनकारीले कार्यालय अगाडि टायर बालेर नाराबाजी गरेका छन् । 

FB IMG 1658475692854
FB IMG 1658475695702
FB IMG 1658475717606